काठमाडौं। अमेरिकी उपराष्ट्रपति जेडी भान्स अप्रिल २१ देखि चार दिने भारत भ्रमणमा आउने भएका छन्। भारतीय विदेश मन्त्रालयका प्रेस सचिव जेडी भेन्सका अनुसार उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स भारत आउन लागेका हुन् ।
भारत भ्रमणको क्रममा भान्सले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यस अवधिमा द्विपक्षीय वार्तासमेत हुनेछ।
विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'यो उपराष्ट्रपति भान्सको भारतको पहिलो भ्रमण हुनेछ। यस भ्रमणको क्रममा उनले अप्रिल २१ मा प्रधानमन्त्री मोदीलाई भेट्नेछन्। उपराष्ट्रपति र उनको प्रतिनिधिमण्डलको दिल्लीमा अन्य कार्यक्रमहरू हुनेछन् ।'
भ्रमणले दुवै पक्षलाई द्विपक्षीय सम्बन्धमा भएको प्रगति र प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणको क्रममा फेब्रुअरी १३ मा जारी गरिएको भारत-अमेरिका संयुक्त वक्तव्यको नतिजाको कार्यान्वयनको समीक्षा गर्ने अवसर प्रदान गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, १२ : १३
लेखकबाट थप