काठमाडौं। काठमाडौं महानगरपालिका-३१ शान्तिनगरस्थित सुनसरी खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय ओमकार कार्की समेत ७ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ६ सय १५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, शंखरापुर नगरपालिका-६ साँखु डेरा गरी बस्ने सोही नगरपालिका-१ घर भएका सत्यमान तामाङले घर भाडामा लिई जुवातास खेलाइरहेको अवस्थामा तामाङ समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार ९५ रूपैयाँ, अमेरिकी ५ डलर र मलेसियाको आरएम १ दरको १० वटा नोटसहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ शनिहलस्थित डोको होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने कालिकोट रास्कोट घर भएका ४० वर्षीय मदन न्यौपाने समेत ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ जेठ २०८०, २० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ सय ६५ किलोग्राम गाँजासहित चार जना पक्राउ
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
करिब ३६५ किलो गाँजासहित बारामा चार जना पक्राउ
कैलालीमा एक वर्षमा लागुऔषधसहित पक्राउ परे ७७० जना
करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ
बालिकालाई करणी गरेको आरोपम युवक पक्राउ