काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सबै महिलाहरुलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउन सरकारसँग आग्रह गरेकी छन । शनिबार एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपसभामुख रानाले सेनिटरी प्याडको आवश्यक व्यवस्था मिलाउन छुट्टै राष्ट्रिय योजना, कार्यक्रम र बजेट हुनुपर्ने बताइन् ।
त्यस अवसरमा उनले महिला सांसदहरुका लागि संघीय संसद भवनमै सेनिटरी प्याडको व्यवस्था गर्न लागि पर्ने समेत बताइन् । उपसभामुख रानाले सबै विद्यालयहरुमा पनि सो प्याडको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।
रानाले महिलाहरुलाई हिंसा सहेर नबस्न पनि पटकपटक आग्रह गरिन् । आजको युगमा आएर पनि नेपालमा महिला हिंसाको घटना नघटेकाले त्यसकोविरुद्ध महिलाहरुले आवाज उठाउनुपर्ने उपसभामुख रानाको भनाई थियो ।
उपसभामुख रानाले महिलाहरुको क्षेत्रमा धेरै राम्रो काम गरेको भन्दै एक्सपोज नेपालको प्रशंशा पनि गरिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ जेठ २०८०, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख राना
जलवायुका मुद्दामा संसदको भूमिका प्रभावकारी बनाउनुपर्छ : उपसभामुख राना
उपसभामुख रानामगरविरुद्ध संसदीय समितिमा उजुरी
नेपाली परपरागत खानालाई विश्वमाझ पुर्याउनुपर्छ : उपसभामुख राना
उपसभामुख रानाको अभिव्यक्तिमा काँग्रेसले उठायो प्रश्न