अपडेट : त्रिशूलीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, ११ साउन २०७५, १६ : ३३
अपडेट : त्रिशूलीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

चितवन । काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ बस त्रिशुली नदी किनार खोल्सामा खस्दा ७ जनाको मृत्यु भएको छ  भने २२ जना घाइते भएका छन् ।
बस शुक्रबार दिउँसो ११ः५५ बजे चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित खानीखोलाबाट धोएर सकडमा निकाल्दै गरेको  ना५ख ७४०९ नम्बरको ट्रकसँग  ठोकिएर करिब १ सय मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा दुई महिला, ४ पुरुष र एक बालक रहेको प्रहरीले जानकारी दिएको छ ।   प्रहरीका अनुसार घाइते २२ जनालाई उद्दार गरी चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस