त्रिशूलीमा बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु, २२ जना घाइते

सफल खबर संवाददाता

शुक्रबार, ११ साउन २०७५, १५ : १५
त्रिशूलीमा बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु, २२ जना घाइते

चितवन । काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ बस त्रिशुली नदी किनार खोल्सामा खस्दा छ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

बस शुक्रबार दिउँसो ११ः५५ बजे चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित खानीखोलाबाट धोएर सकडमा निकाल्दै गरेको  ना५ख ७४०९ नम्बरको ट्रकसँग  ठोकिएर करिब १ सय मिटर तल खसेको थियो ।

दुई महिला, तीन पुरुष र एक बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  प्रहरीका अनुसार घाइते २२ जनालाई उद्दार गरी चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस