काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो

सफल खबर संवाददाता

शुक्रबार, ११ साउन २०७५, १३ : ३०
काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो

फाइल फोटो

चितवन । काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ बस त्रिशुली नदी किनार खोल्सामा खसेको छ ।  शुक्रबार दिउँसो ११ः५५ बजे चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको हो ।

ना. ५ ख ७४०९ नम्बरको ट्रक सँग ठक्कर खाएपछि बस खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभु ढकालले जानकारी दिएका छन् ।
उनका अनुसार बसमा करिव ३५ जना यात्रु सवार थिए ।  प्रहरी कार्यालयले २५ जना घाइतेको उद्धार गरिएको र तीमध्ये करिव १५ जना गम्भीर अवस्थामा रहेको जनाएको छ । घाइतेहरु केहिलाई भरतपुर र केहिलाई कुरिनटारतर्फ उपचारका लागि लगिएको छ । बाँकी घाइतेहरुको उद्धार कायै जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस