काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्दको विषयले एमाले र माओवादी सांसदबीच सवालजवाफ चलेको छ । गत शुक्रबार संघीय संसदको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममाथि सोमबार प्रतिनिधिसभामा भइरहेको छलफलमा एमाले सांसद योगेश भट्टराई र माओवादी केन्न्द्रका सांसद देवेन्द्र पौडेलबीच सवालजवाफ भएको हो ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भट्टराईले जनयुद्ध शब्दको विषयमा संविधान निर्माणका क्रममा ब्यापक छलफल भएको स्मरण गराउँदै अहिले नीति तथा कार्यक्रममा उक्त शब्द लेखिएकोप्रति आपत्ति जनाए ।
संविधान निर्माणपछि जनयुद्ध शब्द कुनै पनि सरकारी दस्तावेजमा नरहेको भन्दै उनले तर, राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उक्त शब्द वाचन गराइएको भन्दै कांग्रेसको पनि आलोचना गरे ।
उनीपछि नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका माओवादीका देवेन्द्र पौडेलले भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै डिस्नेरी हेर्न सुझाव दिए । जनता सहभागी भएर भएका आन्दोलन र युद्धलाई नै जनआन्दोलन र जनयुद्ध भनिने भन्दै पौडेलले भट्टराईलाई डिस्नेरी हेर्न सुझाव दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ जेठ २०८०, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटले मुलुकको अर्थ प्रणालीलाई लयमा ल्याउँछ : देवेन्द्र पौडेल
प्रचण्डले गिरिजाप्रसाद कोइरालाले दिएको जिम्मेवारी पूरा गर्दै हुनुहुन्छ : देवेन्द्र पौडेल
संसदमा माओवादीको प्रश्न - संविधान मान्छु भनेर शपथ खाएपछि व्यवस्थाको विरोध गर्न पाइन्छ ?