एजेन्सी । आज अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भेटवार्ता गर्दैछन् । जापानको हिरोसिमामा जारी सात राष्ट्रको समूह (जी–७) सम्मेलनको अन्तिम दिन उनीहरुले भेटवार्ता गर्न लागेका हुन् ।
युक्रेनी राष्ट्रपति जेलेन्स्की शनिबार जापानको हिरोसिमा पुगेका हुन् । शुक्रबार नै अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शुक्रबार जापानको हिरोसिमा पिस मेमोरियल पार्क पुगेका थिए ।
यसअघि अमेरिकाले युक्रेनलाई एफ–१६ लडाकु विमान लिन सहयोग गर्ने जनाएको थियो । यसले युक्रेनको सेनाको क्षमतामा ठूलो वृद्धि गर्ने जेलेस्कीले बताएका छन् ।
यसअघि बेलायती प्रधानमन्त्री ऋषि सुनकले जी–७ युक्रेनका जनतासँग दृढताका साथ उभिने बताएका थिए । पछिल्ला दिनहरूमा युक्रेनले रुसी सेनाविरुद्ध आक्रामक कदम चाल्न पश्चिमी मुलुकहरूसँग सहयोग जुटाउने प्रयास गरिरहेको छ ।
फ्रान्ससँग पनि थप दर्जनौँ ट्याङ्क र सशस्त्र सवारी साधन उपलब्ध गराउन युक्रेनको सहमत भएको छ । पेरिसमा अवतरण गर्नुअघि जेलेन्स्कीले जर्मन चान्सलर ओलाफ स्कोल्जसँग पनि भेट गरेका थिए ।
स्कोल्जले भेटका क्रममा २ अर्ब ९० करोड अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०७ जेठ २०८०, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको आणविक र तेल स्थलमा आक्रमण नगर्न इजरायललाई अमेरिकाको चेतावनी
प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण
इजरायलले गाजा युद्धको व्यवस्थापनमा गल्ती गरिरहेको छ : बाइडेन
सर्वेक्षणमा ६ ठूला राज्यमा बाइडेनभन्दा ट्रम्प अगाडि
अमेरिकी राष्ट्रपतिले भने- ‘विश्वभर स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा छ’