सरकार र अनसनरत डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता निश्कर्ष विहिन

सफल खबर संवाददाता

विहीबार, १० साउन २०७५, १५ : २३
सरकार र अनसनरत डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता निश्कर्ष विहिन

काठमाडौँ । सरकार र अनसनरत डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता निश्कर्ष विहिन भएको छ । सरकारी पक्षले डाक्टर केसीले उठाएका प्रमुख मागका विषयमा संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक संशोधन मार्फत पुरा गर्ने भनेपछि वार्ता असफल भएको हो । डा केसीपक्षले विधेयकका २५ वटा बुदा“मा संशोधन गर्नुपर्ने माग राख्दै २२ ब“ुदे प्रस्ताव राखेको छ । तर, सरकारी टोलीले सो विषयमा प्रवेश नै गर्न नचाहेपछि वार्ता निष्कर्षबिहिन भएको हो । वार्ता टोलीका सदस्य अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारीले सरकारी वार्ता टोलीलाई पूर्ण अधिकार नभएको भन्दै अघि बढन नसकेको बताउनुभयो ।

यता सरकारी वार्ता टोलीका सदस्य तथा शिक्षा, विज्ञान तथा प्रविधि सचिव खगराज बरालले केसी पक्षले संसदमा दर्ता भएको विधेयक अघि बढाउन नहुने बताएपछि वार्ता भंग भएको बताउनुभएको छ । सचिव बरालले संसदीय प्रक्रिया मार्फत विधेयक सम्बोधन गरेर समस्याको समाधान गर्ने प्रस्ताव गरेको  बताउनुभयो ।
डा केसीका माग पूरा गर्न बुधबार दिउ“सो साढे १ बजे पनि वार्ता भएको थियो । एक घण्टाका लागि स्थगित भएको वार्ता पुनः बसेपनि विषयमा प्रवेशै नगरेको हो । वार्तालाई सफल पार्न शिर्ष तहमा छलफल भएपनि टुंगो लाग्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस