काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई सोमबार अदालतमा उपस्थित गराइँदैछ।
एमालेका निलम्बित सचिव तथा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रायमाझीलाई आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउन लागिएको हो।
शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई आइतबार प्रहरीले बुढानीलकण्ठस्थित निवासबाट पक्राउ गरेको थियाे।
आइतबार साँझ पक्राउपछि हिजो नै मेडिकल जाँच गरी लैनचौरस्थित प्रहरी हिरासतमा रात कटाएका रायमाझीलाई म्याद थपका लागि आज अदालत लैजान लागिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ जेठ २०८०, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टोपबहादुर रायमाझीसहितको मुद्दामा आज पनि सुनुवाई हुँदै
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरसहित १० जनाको मुद्दा स्थगितको सूचीमा
अस्पतालमा उपचाररत नेता रायमाझी ‘डिस्चार्ज’
टोपबहादुर रायमाझीको मुटुमा समस्या, अस्पताल भर्ना