परराष्ट्रमन्त्री साउदले भेटे बंगलादेशकी प्रधानमन्त्री हसिनालाई

सफल खबर संवाददाता

आइतबार, ३१ बैशाख २०८०, १६ : ४७
परराष्ट्रमन्त्री साउदले भेटे बंगलादेशकी प्रधानमन्त्री हसिनालाई

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले ढाकामा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भेटेका छन् । त्यस अवसरमा उनीहरूले दुई मुलुकबीच सीमापार कनेक्टीभीटी, व्यापार, पारवहन, उर्जा र शिक्षालगायत समग्र अन्य विषयलाई अघि बढाउने बारेमा छलफल गरेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ । 

साउद शुक्रबार र शनिबार ढाकामा भएको ‘छैटौं इन्डियन ओसन कन्फरेन्स(२०२३’ मा सहभागी हुन त्यहाँ गएका हुन् ।

प्रतिक्रिया दिनुहोस