काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले उच्च शिक्षा पूर्ण रुपमा निःशुल्क गराउन सक्नुपर्ने बताएका छन। शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताए ।
उनले आफ्नो आवश्यक्ता बमोजिम सरकारले प्राविधिक र गैरप्राविधिक क्षेत्रमा लगानी बिस्तार गरी काम अघि बढाउनुपर्ने बताए । उनले देशको लागि आवश्यक जनशक्ति यहीँ नै उत्पादन गर्नसके मात्रै शिक्षा क्षेत्रको विकास हुने बताए ।
उनले सरकारले स्वदेशमा नै उच्च गुणस्तरीय शिक्षा दिने ग्यारेन्टी गरेर विद्यार्थीहरुलाई विदेश अध्ययनका लागि जान रोक लगाउनुपर्ने बताए । उनले शैक्षिक शक्ति निर्माण गर्न र विश्वमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति निर्माण गर्ने कुराको ग्यारेन्टी विश्वविद्यालयले लिन सक्नुपर्ने पनि बताए।
सदस्य गौतमले नेपाललाई चाहिने विज्ञ जनशक्ति कसरी नेपालमा नै उत्पादन गर्ने भन्ने बारेमा राज्य संवेदनशील हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ बैशाख २०८०, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमै फर्किने तयारीमा वामदेव गौतम
अहिल्यै समाजवादीमा गइन्न, एमालेसँग पनि कुरा हुँदैछ : वामदेव गौतम
माधव नेपाल र वामदेव गौतमबिच आलोकनगरमा छलफल
वामदेवले फर्काए ओलीलाई जवाफ
शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने संकल्प गरौं : वामदेव गौतम
देश विकासका लागि सम्पूर्ण जमिन राष्ट्रियकरण गरौँ : वामदेव गौतम