ग्रिसको जंगलमा लागेको भीषण आगलागीबाट अहिलेसम्म ७४ जनाको मृत्यु , आगो अझै फैलन सक्ने खतरा (फोटोफिचर)

बुधबार, ०९ साउन २०७५, ०९ : १७
ग्रिसको जंगलमा लागेको भीषण आगलागीबाट अहिलेसम्म ७४ जनाको मृत्यु , आगो अझै फैलन सक्ने खतरा (फोटोफिचर)

ग्रिसको जंगलमा फैलिएको भीषण आगलागीमा परी अहिलेसम्म ७४ जनाको मृत्यु भइसकेको छ । राजधानी एथेन्स नजिकैको राफिना टाउन वरपरका जंगलमा फैलिएको आगोका कारण सयौं घाइते भएका छन् ।

आगो फैलन सक्ने खतरा भएका बस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ । ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले आपत्कालीन घोषणा गर्दै युरोपेली युनियन र अन्य देशमाथि आगो नियन्त्रणमा सहयोग गर्न अपिल गरेका छन् ।

सुरक्षाकर्मी तटीय इलाकामा फसेका मानिसहरुलाई निकाल्नका लागि डुङ्गा र हेलिकोप्टरको प्रयोग गरिरहेका छन् । आगो नियन्त्रणका लागि हेलिकोप्टरको पनि प्रयोग गरिएको छ । आगलागीपछि तापक्रममा थप वृद्धि भएपछि मानिसहरु पानीमा डुबिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस