काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल)ले भुटानी शरणार्थी प्रकरणमा मुछिएका दोषीलाई कारबाहीका लागि दबाब दिन प्रदर्शन गर्ने भएको छ । शुक्रबार दिउँसो काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने वाइसिएल अध्यक्ष सुबोध शेर्पालीले बताए ।सरकारलाई भुटानी शरणार्थी प्रकरणमा सहयोग पुग्नेगरी काम गर्न दिनुपर्ने शेर्पालीले बताए ।
‘शक्ति केन्द्रहरूको आडमा सरकारले चालेका महत्त्वपूर्ण कदममा अवरोध नपुर्यास् । दोषि नछुटोस्, निर्दोष नफसोस र भ्रष्टाचारविरुद्धको अभियान नरोकियोस् भन्ने छ’ शेर्पालीले भने, ‘भ्रष्टाचार अनियमिततामा सबैले ऐक्यबद्धता र खबरदारी गर्नु आम नागरिकको जिम्मेवारी हो ।’वाइसिएलका मातहतका सबै कमिटीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा कारवाहीका लागि दबाब दिन कार्यक्रम गर्न निर्देशन दिएको शेर्पालीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ बैशाख २०८०, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भुटानी शरणार्थी प्रकरणमा थप प्रमाण आएन : गृहमन्त्री श्रेष्ठ
भुटानी शरणार्थी प्रकरणमा सकियो २२ प्रतिवादीको बहस
बालकृष्ण खाँणको पुनरावेदन पक्षमा ७ जना वरिष्ठ अधिवक्ताले गरे बहस