काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई निलम्बन गरेको हो ।
राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।
रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी फरार छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ । मंगलबार बसेको नेकपा एमालेको सचिवालय बैठकले टोपबहादुरलाई अनुसन्धानमा सघाउन आग्रह गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ बैशाख २०८०, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टोपबहादुर रायमाझीसहितको मुद्दामा आज पनि सुनुवाई हुँदै
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरसहित १० जनाको मुद्दा स्थगितको सूचीमा
अस्पतालमा उपचाररत नेता रायमाझी ‘डिस्चार्ज’
टोपबहादुर रायमाझीको मुटुमा समस्या, अस्पताल भर्ना