काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली शरणार्थी बनाएर विदेश पठाउने कामलाई देशद्रोहीको संज्ञा दिएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै देशद्रोही काममा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरे।
उनले भने, ‘देशद्रोही काममा संलग्न व्यक्तिहरूलाई छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ। केही व्यक्तिहरू पक्राउ परेका छन्। केही सांसदहरू भागिरहनुभएको छ। केही सांसद जो नोटिसमा हुनुहुन्छ। जो सदनमा बोलिरहनुभएको छ।’
उनले सो प्रकरणको विषयमा छानबिन के भइरहेको छ भन्दै सरकारसँग जवाफ मागे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ बैशाख २०८०, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गर्न ठाकुर गैरेको माग