मुम्बईमा सन् २००८ को नोभेम्बर २६ तारिखमा भएको श्रृङ्खलाबद्ध बम बिस्फोटका मास्टरमाइन्ड पाकिस्तानी मूलका अमेरिकी नागरिक डेविड कोलम्यान हेडलीमाथि जेलभित्रका अन्य कैदीले साङ्घातिक हमला गरेका छन् । मिडिया रिपोर्ट अनुसार हमलापछि हेडलीको स्थिती नाजुक छ । उनी आइसियूमा भएको बताइन्छ । यद्यपी, अमेरिकी अधिकारीले यसबारे टिप्पणी दिन अस्विकार गरेका छन् ।
स्रोतका अनुसार हेडलीमाथि जेलभित्रका दुई कैदीले हमला गरेका थिए । हेडलीमाथि हमला गर्ने दुई व्यक्ति आफ्नै दाजुभाइ भएको बताइन्छ । यी दुई पुलिसलाई हमला गरेको आरोपमा लामो सजायँ काटिरहेका छन् । रिपोर्ट अनुसार उक्त हमलापछि हेडलीलाई गम्भिर चोट लागेको जसका कारण उनलाई नर्थ एवेस्टन हस्पिटलमा भर्ना गरिएको बताइएको छ ।
मुम्बई हमलाको षड्यन्त्र रचेको आरोपमा हेडली शिकागोको फेडरल जेलमा ३५ वर्षको सजायँ काटिरहेका छन् । शिकागोमा मेट्रोपोलिटन करेक्शनल सेन्टरले भन्यो, ‘हामीसँग ती व्यक्ति (हेडली) बारे कुनै सूचना छैन ।’
मुम्बई हमलाका मास्टरमाइन्डः
डेविड कलम्यानको वास्तविक नाम दाउद सैयद गिलानी हो । उनी आतंककारी संगठन लश्कर–ए–तैयबका लागि काम गर्दथे । सन् २००२ देखि २००५ का बीच हेडलीले पाकिस्तानमा लश्करका पाँच प्रशिक्षण शिविरमा भाग लिएका थिए जहाँ उनलाई हमला गर्ने तालिम दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०८ साउन २०७५, १० : २७
लेखकबाट थप