धनगढी । बैतडीमा घाँटीमा पासो लगाएर मृत अवस्थामा एक पुरुषको शव फेला परेको छ।
पाटन नगरपालिका-६ पैराड बस्ने ४० वर्षीय मदन राम पहरीलाई घर भन्दा ३० मिटर टाढा भिमलको रुखमा घाटीमा जुटको डोरीले पासो लगाई झुण्डीई मृत अवस्थामा फेला पारेको हो।
प्रहरीलाई मृतक पहरीकी श्रीमति धाना पहरीले फोनमार्फत जानकारी गराएपछि प्रहरी सहायक निरिक्षक नरेन्द्र राज भट्टराईको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुगेको थियो।
शव जाँचका लागि मुचुल्का उठाई पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनको घरमा लाश राखिएको बैतडी प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ बैशाख २०८०, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदन भण्डारी राजमार्गमा पुरुषको शव फेला
जापानी विद्यालयको बसमाथि आक्रमण गर्ने पुरुषलाई चीनमा फाँसी
पाल्पामा एक पुरुष मृत फेला
सुकेधारामा पुरुष मृत फेला
चितवनमा एक पुरुषको शव फेला