सरकारले भारत र चीनसँग राम्रो सम्बन्ध कायम राख्नेछ : परराष्ट्रमन्त्री साउद

सफल खबर संवाददाता

शनिबार, १६ बैशाख २०८०, १२ : ००
सरकारले भारत र चीनसँग राम्रो सम्बन्ध कायम राख्नेछ : परराष्ट्रमन्त्री साउद

काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद सम्हालेपछि पहिलो औपचारिक विदेश भ्रमणमा भारत जाने बताएका छन् । समाचार एजेन्सी एसोसिएटेड प्रेसलाई दिएको अन्तर्वार्तामा उनले सरकारले आफ्ना छिमेकी मुलुक भारत र चीनसँग सम्बन्ध बढाउन प्राथमिकता दिने बताएका हुन् ।

साउदले भनेका छन्, ‘सरकारले दुवै देशसँग राम्रो सम्बन्ध कायम राख्नेछ र कुनै पनि छिमेकी देशसँगको सम्बन्धमा हानि पुग्ने कुनै पनि काम गर्नेछैन ।’ उनले आफ्नो स्वार्थका लागि एकअर्काविरुद्ध प्रयोग नगर्ने पनि स्पष्ट पारेका छन् । साउदका अनुसार नेपालले दुवै देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र नेपालको आन्तरिक मामिलामा पनि कसैले हस्तक्षेप नगरोस् भन्ने चाहेको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस