सरकारले लियो एड्भान्स डिप्लोमालाई एनओसी नदिने निर्णय फिर्ता

सफल खबर संवाददाता

बुधबार, १३ बैशाख २०८०, २० : ५५
सरकारले लियो एड्भान्स डिप्लोमालाई एनओसी नदिने निर्णय फिर्ता

काठमाडौं । सरकारले कक्षा १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जानेलाई एनओसी नदिने निर्णय फिर्ता लिएको छ । वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ सार्वजनिक गर्दै कक्षा १२ पछिका डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जाने विद्यार्थीलाई एनओसी नदिने फिर्ता लिएको हो ।

गत चैत १९ गतेदेखि नेपालको संविधान र शिक्षा ऐनको संशोधनले विद्यालय शिक्षा भनेर कक्षा १२ सम्मलाई परिभाषित गरेको र त्यहि आधारमा निर्देशिका तयार गरेको भन्दै स्नातक अघिको कुनै पनि कार्यक्रमको लागि एनओसी दिन रोकेको थियो । तर चौतर्फी विरोध तथा दबावको कारण सरकारले निर्देशिका संशोधन गरी कक्षा १२ पछि र स्नातकअघिका शैक्षिक कार्यक्रमको लागि पनि एनओसी दिने निर्णय गरेको छ ।

कतिपय कलेजहरुले सोझै स्नातक भर्ना हुन नदिने, डिप्लोमा, एडभान्स डिप्लोमा, एक वर्षे कोर्षहरु गराउने भएकोले कक्षा १२ पछिका कार्यक्रमको लागि अर्थात यहाँ भन्दा अगाडि गरिरहेको कामलाई निरन्तरता दिने निर्णय गरिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस