एजेन्सी। अमेरिकाका राष्ट्रपति जो बाइडेनले फेरि राष्ट्रपति लड्ने घोषणा गरेका छन्। समाचार संस्था रोयटर्सका अनुसार बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने घोषणा मंगलबार गरेका हुन्। बाइडेनले आफू राष्ट्रपति भएपछि गर्न खोजेका काम पूरा नभएकाले फेरि अर्को कार्यकाल राष्ट्रपति हुन चाहेको बताएका छन्।‘चार वर्षअघि म राष्ट्रपति उम्मेदवार हुँदा भनेको थिएँ-हामी अमेरिकाको आत्माका लडिरहेका छौं, हामी अहिले पनि त्यसैका लागि लडिरहेका छौं,’ बाइडेनले भनेका छन्,‘अहिले सन्तुष्ट भएर मजाले बस्ने बेला छैन। त्यही भएर म फेरि चुनाव लड्दैछु।
’सन् २०२० को चुनावमा बाइडेनले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका थिए। २०२४ मा पनि उनीहरू नै आमनेसामने हुने सम्भावना बलियो छ।चुनाव लड्ने बेलासम्म बाइडेन ८२ वर्षका हुनेछन्। अहिलेसम्मको इतिहासमा उनी अमेरिकाका सबैभन्दा बढी उमेरका राष्ट्रपति हुन्। चुनाव होउन्जेलसम्म ट्रम्प पनि ७८ वर्षका हुनेछन्।यो उमेरमा फेरि राष्ट्रपति लड्न खोज्दा दुबै जनाको उमेरबारे पार्टीमा पनि बहस भइरहेको छ। ४४ प्रतिशत डेमोक्र्याटले फेरि राष्ट्रपति हुन बाइडेन निकै बुढो भएको बताएका छन् भने ३५ प्रतिशत रिपब्लिकनको पनि ट्रम्पबारे यस्तै धारणा छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ बैशाख २०८०, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको आणविक र तेल स्थलमा आक्रमण नगर्न इजरायललाई अमेरिकाको चेतावनी
प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण
इजरायलले गाजा युद्धको व्यवस्थापनमा गल्ती गरिरहेको छ : बाइडेन
सर्वेक्षणमा ६ ठूला राज्यमा बाइडेनभन्दा ट्रम्प अगाडि
अमेरिकी राष्ट्रपतिले भने- ‘विश्वभर स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा छ’