काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । बिहीबार परराष्ट्र मन्त्रालयमा राजदूत पोलिटले मन्त्री साउदसँग भेटवार्ता गरेकी हुन् ।उनीहरुबीच आपसी विकास सहयोग, नेपाल र बेलायतबीच १०० वर्ष लामो सम्बन्ध एवम् जलवायु परिवर्तन तथा आपसी हितका अन्य क्षेत्रका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।नव नियुक्त परराष्ट्रमन्त्री साउदसँग यसअघि भारत, अमेरिकालगायत देशका राजदूतले भेटेरै बधाई दिइसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ बैशाख २०८०, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री साउद अष्ट्रेलिया र न्यूजिल्याण्ड भ्रमणमा जाँदै
रुसी सेनामा संलग्न करिब १०० जना नेपाली हराइरहेको र घाइते भएको उजुरी छ : परराष्ट्रमन्त्री साउद