काठमाडौं । चालू आर्थिक वर्ष २०७९/०८० को चैत महिनामा मात्र १ खर्ब १ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । चैतमा सरकारले १ खर्ब ४६ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । अर्थ मन्त्रालयका अनुसार चैतमा लक्ष्यको ६९ दशमलव ३० प्रतिशत मात्र राजस्व संकलन भएको छ ।
जसमा कर राजस्व बापत ९ अर्ब ६४ करोड ५६ लाख रुपैयाँ संकलन भएको छ । त्यसैगरी गैरकर राजस्व बापत ११ अर्ब ३८ करोड रुपैयाँ प्राप्त भएको छ । गत आर्थिक वर्ष २०७८/०७९ को चैतमा १ खर्ब ५ अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
गत वर्षको चैतको तुलनामा यो वर्षको चैतमा कम राजस्व संकलन भएको छ । गत वर्षको चैतमा कर राजस्व बापत ९९ अर्ब ३८ करोड रुपैयाँ संकलन भएको थियो । गैरकर राजस्व बापत ५ अर्ब १७ करोड रुपैयाँ संकलन भएको थियो ।
चालू आर्थिक वर्षको चैतमा भन्सार महशुल बापत १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै मूल्य अभिवृद्धि कर बापत चैतमा २५ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
अन्तःशुल्क बापत १२ अर्ब ७४ करोड, शिक्षा सेवा शुल्क बापत २० करोड ४१ लाख, आयकरबापत ३४ अर्ब ९१ लाख रुपैयाँ र अन्य प्राप्तिबापत चैत महिननामा ६५ करोड ८५ लाख रुपैयाँ सरकारलाई प्राप्त भएको छ ।चालू आर्थिक वर्षको चैत मसान्तसम्म सरकारलाई सात खर्ब १९ अर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जानकारी दिएको छ ।
मूल्य अभिवृद्धि कर अन्तर्गत उत्पादन, वस्तु बिक्री र वितरण, परामर्श तथा ठेक्का, पर्यटन सेवा संकलन, सञ्चार सेवा, बिमा, हवाई उडान लगायत पर्दछ । अन्तःशुल्क अन्तर्गत भने मदिरा, तथा सुर्तीजन्य पदार्थबाट प्राप्त हुने राजस्व पर्दछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ बैशाख २०८०, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्री पुनले गरे साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिसँग छलफल
इलामको योजना सूची लिएर सुहाङ अर्थ मन्त्रालयमा
माओवादी सम्बद्ध डेढ जर्दन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
अमेरिका भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री पुन
अर्थ मन्त्रालयद्वारा सरकारी खर्चमा तीव्रता
अर्थतन्त्र चलायमान बनाउनु सरकारको प्रमुख लक्ष्य : अर्थमन्त्री पुन