काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनता मुलुकको सुधार परिवर्तन गर्छौं भनेर झुक्याउने ‘नक्कली’को फेला पर्दा मुलुक पतनको दिशामा गएको टिप्पणी गरेका छन्।
जनतालाई कुनै राहत नदिई सत्ता स्वार्थमा लागेका दलका पछि जनता लाग्दा मुलुक गम्भीर संकटको डिलमा पुगेको उनले बताए।
राप्रपा, जिल्ला कार्यसमिति पाँचथरले आइतबार फिदिमस्थित जिससको शहीद मञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री लिङ्देनले जनता पुनः नक्कलीको फेला पर्न नहुने धारणा राखे।
उनले अहिलेको व्यवस्थाले जनताको अवस्थामा परिवर्तन नल्याउने पटकपटक पुष्टी भइसकेको बताए।
संवैधानिक राजतन्त्र, संघीयताको खारेजी तथा सनातन हिन्दू राष्ट्र पक्षधर राप्रपा अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्थालाई 'नक्कली'को संज्ञा दिँदै यही व्यवस्थाबाट मुलुकको सुधार हुन्छ भन्नु हाँस्यास्पद रहेको धारणा राखे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ बैशाख २०८०, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठूला दलहरूले मधेशलाई भोट बटुल्ने माध्यम मात्रै बनाए : राजेन्द्र लिङ्देन
बीआरआई अन्तर्गत सहुलियतपूर्ण ऋण लिन सकिन्छ भन्नु एमसीसीको व्याख्यात्मक टिप्पणी : राजेन्द्र लिङ्देन
सुदुरपश्चिम यात्रामा राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनको प्रश्न- राप्रपा बाहेक भ्रष्टाचारको विरोधी पार्टी कुन छ ?
विपदको क्षति न्युन गर्न सरकार चुक्यो : राजेन्द्र लिङ्देन
विपत्तिको क्षति न्यून गर्न सरकार चुक्यो : लिङ्देन