एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडसँग नटिङहम फरेस्ट पराजित भएको छ ।
युनाइटेडले नटिङहम फरेस्टलाई २–० गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै युनाइटेडलाई शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ ।
द सिटी ग्राउन्ड नटिङहममा युनाइटेडको जितमा एक गोल डिएगो डालोटको नाममा रह्यो भने अर्को गोल विंगर एन्टोनीले गरे ।
यो जितसँगै युनाइटेड ३० खेलबाट ५९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।
पराजित नटिङहम ३१ खेलबाट २७ अंक जोडेर रेलिगेसन जोनको १८औँ स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०४ बैशाख २०८०, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानचेस्टर सिटीमाथि लिभरपुलको सहज जित
म्यानचेस्टर सिटीको उपाधि यात्रामा धक्का
घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार
टोटनह्यामसँग म्यानचेस्टर सिटीको लज्जास्पद हार
लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित
ब्राइटनसँग म्यानचेस्टर सिटी स्तब्ध