झापा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखापरेका कमीकमजोरीलाई शुद्धीकरण गर्दै जनअपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।परिवारका सदस्य आफ्नो अभिभावकप्रति नै बढी आशावादी हुने भन्दै उनले जनताको आश पनि कांग्रेसप्रति नै रहेको बताए । आज झापामा आयोजित एक कार्यक्रममा उनले आन्तरिक कमजोरी सच्याउँदै पार्टीलाई बलियो बनाउनुपर्ने र जनअपेक्षा पूरा गर्नुपर्ने बताए ।जनताले कांग्रेसका अहिलेका नेताहरुलाई संस्थापक नेताहरुसँग तुलना गरेर हेर्ने गरेकाले भरोसायोग्य पार्टी बनाउनुपर्ने उनको जोड छ ।कांग्रेस नेताहरुले आफूलाई समय अनुकूल बनाउन नसके गाह्रो पर्ने उनको भनाइ छ ।
कार्यक्रममा उनले भने, ‘प्रजातन्त्र ल्याउन, जनतालाई अधिकार दिलाउन सबैभन्दा बढी संघर्ष गरेको पार्टी नेपाली कांग्रेस भएकाले कांग्रेसप्रति जनताको आशा बढी छ । त्यसैले अरु राजनीतिक दलहरुभन्दा बढी जिम्मेवारीपूर्ण तवरले हाम्रो गतिविधि हुनुपर्छ ।’पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले समयको माग र आम जनताको चाहनालाई बुझेर सत्तामा गइसकेपछि सम्बोधन गर्नसक्ने क्षमता विकसित गर्नुपर्ने बताए ।संगठनको शुद्धीकरण र सुदृढीकरणमा बढी जोड दिनुपर्ने उनले बताए । संगठनको शुद्धीकरण र सुदृढीकरणमा बढी जोड दिनुपर्ने उनले बताए । संगठन सन्चालनमा विधि र प्रक्रियालाई आधार मान्नुपर्ने उनको जोड छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ बैशाख २०८०, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र समृद्ध बनाउन कृषि उत्पादन बढाउनुपर्छ : प्रकाशमान सिंह
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह
सम्पदाहरूको बजारीकरण गरेर देशमै रोजगारी सिर्जना गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह
सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह
आर्थिक समृद्धिका लागि काँग्रेस सक्षम छ, उच्च मनोबल राख्नुस् : उपप्रधानमन्त्री सिंह
पार्टी व्यवस्थापन कांग्रेसको मुख्य चुनौती : प्रकाशमान सिंह