सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०३ बैशाख २०८०, ११ : ०३
सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

धनगढी ।सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो । अस्पतालका अनुसार आइसीयूमा उपचाररत उनमा २६ चैतमा कोरोना पुष्टि भएको थियो ।उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस