चितवन। भारतीय नम्बर प्लेटको ट्रकमा राखेको १८० किलो गाँजासहित चितवन प्रहरीले ट्रक चालक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । चितवन प्रहरीले शनिबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले बताए अनुसार शुक्रबार बिहान राप्ती नगरपालिका–१ लोथर राजमार्गमा भारतीय नम्बर प्लेट बीआर – ६ जी २१२८ नम्बरको ट्रकको क्याबिनबाट उक्त परिमाणको गाँजा बरामद भएको हो ।
ट्रकका चालक भारत बिहारको पूर्वी चम्पारण रक्सौल घर भएका ३० वर्षीय कुन्दन पटेललाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ ।सामान लिएर आएको ट्रक फर्कंदा गाँजा लिएर जान लागेको भन्ने सूचनाका आधारमा प्रहरीले ट्रक रोकेर खोजतलास गर्दा १६ वटा पोका बनाएर लुकाएको गाँजा बरामद गरेको थियो । घटनामा संलग्न अन्यबारे अनुसन्धान भइरहेको एसपी कार्कीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ चैत्र २०७९, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पिठो तथा इन्धन अभावमा गाजाका बेकरी बन्द
युद्ध अन्त्य गर्न माग गर्दै गाजावासीहरू हमासविरुद्ध प्रदर्शनमा उत्रिए
गाजामा युद्ध फेरि सुरुः निराश थाइल्याण्डद्वारा बन्धक रिहाइको माग
झापाबाट १६ सय ३६ किलो गाँजा बरामद
गाजामा इजरायली हमलामा कम्तीमा ४० जनाको मृत्यु
हवाई हमलापछि गाजामा इजरायलको स्थलगत आक्रमण तीव्र