कोलम्बो । श्रीलङ्काको विप्रेषण आयमा उल्लेखनीय वृद्धि भएको छ । गत मार्चमा आप्रवासी कामदारबाट देशलाई ५६ करोड अमेरिकी डलर प्राप्त भएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायक्काराले बताएका छन् ।अघिल्लो वर्षको सोही महिनाको तुलनामा गत मार्चमा प्राप्त विप्रेषण ७८.५ प्रतिशतले अधिक भएको श्रममन्त्रीले बताए ।
गत जनवरीमा ४३ करोड ७५ लाख तथा फेब्रुवरीमा ४० करोड ७४ लाख अमेरिकी डलर विप्रेषण देशले प्राप्त गरेको श्रीलङ्काको केन्द्रीय बैङ्कले जनाएको छ। केन्द्रीय बैङ्कका अनुसार सन् २०२१ मा पाँच अर्ब ४९ करोड र सन् २०२२ मा तीन अर्ब ८० करोड डलर विप्रेषण आप्रवाह भएको थियो । प्रवासी कामदारले पठाउने रकम नै श्रीलङ्काको वैदेशिक राजस्वको प्रमुख स्रोत हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ चैत्र २०७९, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
श्रीलङ्काको नयाँ नेतृत्व मुद्राकोषको कर्जा सहयोग कार्यक्रम अघि बढाउन सहमत
श्रीलङ्कामा मतदानपछि सुरक्षा बढाइयो, देशभर कर्फ्यु
श्रीलङ्काको एक धार्मिक शोभायात्रामा हात्तीको आक्रमण, १३ जना घाइते
श्रीलङ्कामा खाद्यान्नको मूल्य वृद्धि
श्रीलङ्कामा हुरीका कारण ७ जनाको मृत्यु, ५०० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो