काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रलाई सुदृढ बनाउन आफूले पहिलो प्राथमिकता दिने जानकारी दिएका छन् । उनले भने, “नयाँ बजेटको तयारीमा सरकार जुटेको छ, बजेटको मुख्य ध्येय नै अर्थतन्त्रलाई बलियो बनाउने नै हुनेछ । सम्पादक समाजका पदाधिकारीसँग आज भएको भेटमा अर्थमन्त्री डा महतले सत्तागठबन्धन दलबीचको सहमतिमा सरकारको न्यूनतम साझा कार्यक्रमका आउने जानकारी दिए ।
समाजका पदाधिकारीले अर्थमन्त्री डा महतलाई भेट गरी बधाई एवं सफल कार्यकालको शुभकामना दिएका थिए । सो अवसरमा समाजका संरक्षक किरण वैद्य, अध्यक्ष पुरु रिसाल, वरिष्ठ उपाध्यक्ष पुष्पराज प्रधान, महासचिव श्यामकाजी डोटेल, सचिव नारायण उपाध्याय, सदस्यद्वय विष्णुप्रसाद नेपाल र माधव दुलाल सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ चैत्र २०७९, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनले पहिले गरेका प्रतिबद्धतालाई बीआरआई अन्तर्गत अनुदान दिँदा राम्रो हुन्छ : डा. प्रकाशशरण महत
रविबारे कांग्रेस- आधार देखेरै प्रक्रिया अघि बढेको हो : डा. प्रकाशशरण महत
कृषि उब्जनी बढाउन सरकारले प्राथमिकता दिनुपर्छ : डा. महत
सभामुख एमालेको निर्देशनमा चलेको काँग्रेसको आरोप
सहकारीमा एमालेको प्रभुत्व रहेको छ : प्रकाशशरण महत
निजी क्षेत्र रोजगारी सिर्जना, आम्दानी वृद्धि र समृद्धिको बाहक हो : पूर्वअर्थमन्त्री डा. महत