काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहकारी प्रकरणमा पार्टीको जोसुकै नेता मुछिएपछि दोषी देखिए कारबाही गर्ने आफूहरूले अवरोध नगर्ने बताएका छन्।
नेपाल प्रेस युनियन रुकुम पश्चिमले सदरमुकाम मुसिकोट खलंगामा गरेको पत्रकार सम्मेलन बोल्दै प्रश्न उठेकाहरूमाथि छानबिन गर्न पार्टीले भनिसकेको बताए।कांग्रेस उपसभापति धनराज गुरुङलाई पनि सहकारी ठगीको आरोप लागेको छ।
त्यही प्रसङ्गलाई लक्षित गर्दै भने, ‘हाम्रो पार्टीको पनि जोसुकै होस् छानबिनको प्रक्रियालाई अवरोध गर्ने काम हामीबाट हुँदैन। आधार प्रमाण भए अनुसन्धान प्रक्रिया अघि बढाए हुन्छ भनेका छौँ। हामी सत्तामा भएको कारणले कसैलाई बचाउने कसैलाई प्रक्रियामा ल्याउने भन्ने लक्ष्य छैन। सबै कुरा निष्पक्ष हुन्छ। कांग्रेसले कसैलाई विभेद गरेको छैन।’
उनले रवि लामिछानेको विषय अदालतमा भइसकेकाले बोल्न आवश्यक नभएको बताए। उनले भने, ‘रविजीको बारेमा संसदीय छानबिन समितिले सर्वसम्मत नाम नै तोकेर रवि लामिछानेसहित चार जनालाई कारबाहीको लागि सिफारिस गरेको छ। त्यसपछि सरकार अनुसन्धान निकायहरूले गर्यो। उहाँहरूले केही आधार देखेर नै प्रक्रिया अघि बढाएको होला। अदालतले पनि केही आधार देखेर थुनामा राखेको हो। अब त्यो अदालतको हातमा गइसक्यो। अब अदालतले बोल्छ, हामीले केही भन्नुपर्ने छैन। निर्दोष भए अदालतले सफाइ दिन्छ, दोषी भएर कारबाही हुन्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० कार्तिक २०८१, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनले पहिले गरेका प्रतिबद्धतालाई बीआरआई अन्तर्गत अनुदान दिँदा राम्रो हुन्छ : डा. प्रकाशशरण महत
कृषि उब्जनी बढाउन सरकारले प्राथमिकता दिनुपर्छ : डा. महत
सभामुख एमालेको निर्देशनमा चलेको काँग्रेसको आरोप
सहकारीमा एमालेको प्रभुत्व रहेको छ : प्रकाशशरण महत
निजी क्षेत्र रोजगारी सिर्जना, आम्दानी वृद्धि र समृद्धिको बाहक हो : पूर्वअर्थमन्त्री डा. महत
डा. प्रकाशशरण महतले अघि बढाएका राम्रा काम नरोक्ने अर्थमन्त्री पुनको दाबी