काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार चैत २३ गते रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता प्रवाह गर्ने भएको छ ।राष्ट्र बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकले रिपोका लागि बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोल गर्नेछ । बोलकबोलमा बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन् ।
केन्द्रीय बैंकका अनुसार जारी हुने यो रिपो आगामी वैशाख ७ गते परिपक्व हुनेछ । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा केन्द्रीय बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले रिपो जारी गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ चैत्र २०७९, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै राष्ट्र बैंक
अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ
मुद्दती निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकको गर्यो तीन बैंकलाई कारबाही
बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकको अध्ययन-कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल