एजेन्सी।अमेरिकाको केन्टकी प्रान्तको ट्रिग काउन्टीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । केन्टकीका गभर्नर एन्डी बेशियरले यसको पुष्टि गरेका छन् । उनले यसलाई नराम्रो खबर बताउँदै यसमा मानिसहरू मारिने सम्भावना रहेको बताए ।
स्थानीय समाचार रिपोर्टमा बताइए अनुसार यो घटना स्थानीय समयानुसार २१ः३५ बजे भयो जसमा ९ जना मारिएका छन् । स्थानीय सेनाले पनि आफ्नो हेलिकप्टर दुर्घटनाग्रस्त भएको पुष्टि गरेको छ ।फोर्ट क्याम्पबेल मिलिटरी बेसका प्रवक्ताले बीबीसीलाई दिएको जानकारीमा दुई वटा एचएच६० ब्ल्याकहक हेलिकोप्टर नियमित नियमित प्रशिक्षण मिसनको क्रममा दुर्घटनाग्रस्त भएको बताए ।चालक दलका सदस्यको अवस्थाबारे कुनै जानकारी नभएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ चैत्र २०७९, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी
अमेरिका भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री पुन
अमेरिका र बेलायतले कसरी सघाउँदैछ इजरायललाई ?
सर्वेक्षणमा ६ ठूला राज्यमा बाइडेनभन्दा ट्रम्प अगाडि
अमेरिकामा जहाज ठोक्किँदा पुल भत्कियो, धेरै सवारीसाधन पानीमा खसे
सङ्क्रमणकालीन न्यायको काम टुङ्ग्याउने सहयोग रहन्छ: अमेरिका