विवेकशील साझाले मिटरब्याजी पीडितको मागलाई दिगो रूपमा सम्बोधन गर्ने

सफल खबर संवाददाता

बुधबार, १५ चैत्र २०७९, १२ : ४०
विवेकशील साझाले मिटरब्याजी पीडितको मागलाई दिगो रूपमा सम्बोधन गर्ने

काठमाडौँ । विवेकशील साझा पार्टीले मिटरब्याजी पीडितको मागलाई दिगो रूपमा सम्बोधन गर्न आग्रह गरेको छ । सो पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले बुधबार जारी गरेको विज्ञप्तिमा मिटरब्याजको पीडा राष्ट्रिय समस्याकै रूपमा बढ्दै गइरहेको उल्लेख छ ।

यस्तो अवस्थामा मुलुकी अपराध संहिता २०७४ संशोधन गरेरै मिटरब्याजीहरुलाई कानुनी दायरामा ल्याउने प्रक्रिया द्रुत गतिमा अघि बढाउन र देशभर  आफ्ना संयन्त्रहरू मार्फत “विशेष कार्यान्वयन  अभियान” नै चलाएर मिटरब्याजीहरुलाई  कानुनी दायरामा ल्याउन माग गरिएको छ । 

आफ्ना माग सरकारलाई सुनाउन १२ दिनको पैदल यात्रा तय गरेर बर्दिवासबाट काठमाडौँ आउनुपर्ने अवस्था आउनु दुखद् भएको विज्ञप्तिमा उल्लेख छ ।आफ्ना माग पूरा नभएसम्म नफर्किने मिटरब्याजी पीडितहरूको नैसर्गिक अधिकारको सम्मान गर्दै आन्दोलनमा पार्टीको ऐक्यबद्धता रहेको बाँस्कोटाले उल्लेख गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस