काठमाडौं । अग्रता जोगाउन दक्षिण कोरिया अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्बियासँग बराबरीमा रोकिएको छ । दुई गोलको सहज अग्रता जोगाउन नसक्दा कोलम्बियासँग कोरिया २–२ को बराबरीमा रोकिन पुगेको हो ।
घरेलु मैदानमा सम्पन्न खेलको दशौँ मिनेटमा कप्तान सन ह्युङ मिनले गोल गर्दै कोरियालाई अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्जुरी समयमा सनले कोरियाको अग्रता दोब्बर पारेकासमेत थिए ।
तर दोस्रो हाफको सुरुवाती ४६औं मिनेटमा जेम्स रोड्रिगेजले गोल गर्दै कोलम्बियालाई २–१ को अवस्थामा ल्याए । त्यसको तीन मिनेटपछि फेरी जोर्गे करास्कलले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ चैत्र २०७९, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु
दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेज
महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन रिहा
एक दशकपछि दक्षिण कोरियाको जन्मदर बढ्यो
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे