साल्ट ट्रेडिङ कर्पोरेसनको साधारणसभा आज बस्दै

सफल खबर संवाददाता

शुक्रबार, १० चैत्र २०७९, ११ : ३९
साल्ट ट्रेडिङ कर्पोरेसनको साधारणसभा आज बस्दै

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको साधारणसभा आज बस्दै छ । सभामा कम्पनीले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावमा छलफल हुनेछ ।यस कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।

आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ ।सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालक पदमा निर्वाचन गर्ने प्रस्ताव हुनेछ । 

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायतमा पनि छलफल हुनेछ । उक्त सभा आज त्रिभुवन आर्मी अफिसर्स् क्लब भद्रकाली काठमाडौंमा दिउँसो १२ः१५ बजेदेखि सुरु हुने साल्ट ट्रेडिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस