काठमाडौं । एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप जनही रु २१००० पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले खेलाडीहरु राष्ट्रका गौरव भएको भन्दै प्रोत्साहन गर्न लागिएको बताए ।
उनले भने, ‘खेलाडीको मनोबल उच्च कायम राखी राख्न सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगति हुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौँ।’
विश्व क्रिकेट लिग –२ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेर नेपाल बुधबार फाइनल म्याचमा युएईसँग भिड्दैछ । भोलीको खेलमा जित हात पारेमा नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट हुने, जसमा नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरुसँग खेल्ने मौका पाउनेछ। सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोली हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृत केसीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ चैत्र २०७९, २१ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनएमबि बैंक र यूएसएआईडीद्वारा पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
एनएमबि बैंकले मनायो सातै प्रदेशमा एमएसएमई दिवस
एनएमबि बैंकका ग्राहकलाई कतार एयरवेजमा १० प्रतिशत छुट
एनएमबि बैंकको अध्यक्षमा गोयल चयन
एनएमबि बैंक र यूएसएआईडीद्वारा विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न