काठमाडौं। एनएमबि बैंकले विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउने भएको छ ।सम्झौताअनुसार बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइटमार्फत टिकट खरिद गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
छुट प्राप्त गर्नको लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोशनल कोड QRNMB24 प्रयोग गर्नुपर्नेछ ।यो अफरमार्फत ग्राहकहरूले सुपथ मूल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् ।
साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेजलगायत अन्य विशेष सुविधा समेत पाउनेछन् । एनएमबि बैंक विगत २८ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।
बैंक दि फिनान्सियल टाइम्स, लण्डनको 'द ब्यान्कर' पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि 'बैंक अफ दि इयर एशिया २०२१' उपाधिबाट सम्मानित भएको बैंक हो ।एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८८ एटीएम र ११ एक्स्टेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८१, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनएमबि बैंक र यूएसएआईडीद्वारा पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
एनएमबि बैंकले मनायो सातै प्रदेशमा एमएसएमई दिवस
एनएमबि बैंकको अध्यक्षमा गोयल चयन
एनएमबि बैंक र यूएसएआईडीद्वारा विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न