काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजिप्टका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साललाई नियुक्त गरेका हुन्।
उनलाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी दिइएको छ। पौडेलले आजै नेपालको संविधानको धारा ७१ बमोजिम कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीसमक्ष राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ फागुन २०७९, १८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउनुपर्नेमा राष्ट्रपतिको जोड
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति
पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की
नेपाली सेना अन्तरराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान : राष्ट्रपति पौडेल