काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कुर्सी ठूलो नभई कुर्सीमा बस्नेले गर्ने काम ठूलो हुनुपर्ने बताएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले सर्लाहीको हरिवनमा आयोजना गरेको नीति तथा विधान कार्यक्रममा उनले भने, “अब परिवर्तन र परिणाम आउने काम हामीले गर्नुपर्छ, जुन काम सर्वसाधारण जनताले सजिलोसँग बुझ्नै पर्छ ।”
उनले मन्त्रालय जनताको रहेको बताउँदै जनतासँग सहकार्य गर्न आफू तयार रहेको उल्लेख गरे । जनताको प्रगति नै मुलुकको उन्नति रहेको उनको भनाइ छ । त्यसका लागि उनले पर्यटन व्यवसाय पहिलो सर्त भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ फागुन २०७९, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अग्रज नेताहरु एक आपसमा मिले मात्र देशमा सुशासन सम्भव : मन्त्री किराती
निगमको गाडीमा गेयर चेन्ज भयो, अब स्पिडमा अघि बढ्छः मन्त्री किराँती