काठमाडौं । निर्वाचन आयोगले आज उपराष्ट्रपतिका उम्मेदवारहरुको नामावली प्रकाशन गर्दैछ । उम्मेदवारी दर्ता गर्नका लागि आयोगले शनिबारका लागि मिति तोकेको थियो । सो अनुसार शनिबार उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी परेको छ ।
जसमा ३ जना सत्ता पक्षका रहेका छन् भने अर्का एमालेका रहेका छन् । सत्ता पक्षका जनता समाजवादी पार्टी नेपालबाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको हो । सोही उम्मेदवारी दर्ता गराएका व्यक्तिहरुको नामावाली प्रकाशन अजा हुँदैछ ।
अन्तिम नामावाली प्रकाशन गर्नु अघि एक उम्मेदवारविरुद्ध भने उजुरी परेकाले जाँचबुझ पनि आजै हुने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारहरु मध्ये जसपाका रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको थियो ।
उनले सत्ता गठबन्धनको सहमतिकै आधारमा उम्मेदवारी दर्ता गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ फागुन २०७९, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क महासचिवलाई उपराष्ट्रपतिले भने : सार्क सम्मेलन छिट्टै होस्
विवाह पञ्चमी पर्वले राष्ट्रिय एकतालाई प्रश्रय मिल्छ : उपराष्ट्रपति यादव
कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाउन उपराष्ट्रपतिको आग्रह
उपराष्ट्रपति यादव अस्पताल भर्ना
मलावीका उपराष्ट्रपति चढेको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो
उपराष्ट्रपति यादवलाई राष्ट्रपतिको जिम्मेवारी