यसकारण उर्लियो हनुमन्ते खोला

पत्रपत्रिकाबाट

शुक्रबार, २९ असार २०७५, ०७ : ४६
यसकारण उर्लियो हनुमन्ते खोला

बुधबार रातिदेखि भीषण वर्षा भएपछि उर्लिएको हनुमन्ते खोलाले भक्तपुरका दुई नगरपालिकाको जनजीवन अस्तव्यस्त बनाएको छ । निकास नपाएर सहर पसेको खोलाले अरनिको राजमार्गसहित कौशलटारको रेडक्रस मार्ग, बालकोट जाने चार दोबाटो पुल, नयाँ ठिमी, शंखधर साख्वा चोक, बुढाथोकी गाउँ, राधेराधे क्षेत्र डुबानमा परेको थियो ।
त्यस्तै, भाटभटेनी सुपर मार्केटको पहिलो तल्ला जलमग्न भएको थियो । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालका अनुसार ०२१ सालको नापी नक्सामा हनुमन्ते खोलाको चौडाइ ६ देखि १० मिटर थियो । तर, अहिले त्यसलाई घटाएर दुई मिटरसम्म साँघुरो बनाइएको छ । खोलाको दायाँ–बायाँ अनियन्त्रित बस्ती विकास भयो । पछि जग्गा प्लटिङ गर्ने भूमाफिया प्रवेश गरे ।

जग्गाको मूल्य रातारात बढ्न पुग्यो । स्थानीयले आफ्नो जग्गाको साँध खोलाको बगरसम्म पु-याएर महँगोमा बेचे । खरिद गर्नेले साँध अझ धकेलेर खोलामै पु-याएर पर्खालसमेत लगाए । स्थानीय निकाय, प्रशासन र नापीसमेत मूकदर्शक बनेको वेला भूमाफियाले साँघुरो खोलालाई पनि माफ गरेनन् । यस्तो समूहले स्काभेटर चलाएर ०७२ सालमा एकै रातमा खोलाको धार नै उल्टाइदियो ।

यही विषयलाई लिएर मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाको बालकोट सिमानाका स्थानीयबीच झडप नै भयो । खोलाको धार परिवर्तन गराउन प्रयोग गरिएको एउटा डोजर र एउटा स्काभेटरलाई प्रहरीले नियन्त्रणमा पनि लियो । तर, यसको दीर्घकालीन समाधान खोजिएन । वर्षामा पानी बढ्दा खोलालाई बहाव पुग्दैन । जसले खोला मिचेका छन् तिनको मात्र होइन, आमसर्वसाधारणको घर पनि डुबाउँछ । तर, यसको समाधान कसरी गर्ने ? सरकारसँग पनि कुनै नीति छैन ।

उद्धारमा क्रेन र डुंगा
बुधबार रातभर परेको पानीले हनुमन्ते खोला अनियन्त्रित हुँदा भक्तपुरका सडकमा चार फिटसम्म पानी जमेको थियो । बिहीबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरपालिकाका कर्मचारी उद्धारमा खटिए । सेनाले डुंगा नै चलाएर उद्धार ग-यो । बाढीमा फसेका वृद्धवृद्धा र बालबालिकालगायतलाई क्रेनमार्फत समेत उद्धार ग-यो । डुबानमा परेको स्थानमा बिजुली नभएकाले घर र पसलमा जमेको पानीलाई बेलुकासम्म जेनेरेटर लगाएर फाल्ने काम भइरहेको थियो ।

पहिरोमा पुरिएर तीनको मृत्यु, सयौँ घर डुबानमा
भक्तपुरमा अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पु¥याएको छ । चाँगुनारायण नगरिपालिका–७ मझुवा गाउँमा पहिरोले घर थिच्दा एकै परिवारका तीनजनाको ज्यान गएको हो । ७० वर्षीय हिरा लामा, उनकी ६५ वर्षीया पत्नी पानमाया लामा र साढे २ वर्षकी नातिनी सम्पदाको ज्यान गएको हो । बुधबार राति नै पहिरोले घर पुरेर ज्यान गए पनि परिवारका अन्य सदस्यले बिहान मात्रै थाहा पाएका थिए । छोराबुहारी पक्की घरमा रहेकाले सुरक्षित भएको प्रहरीले जनाएको छ ।

चाँगुनारायण–६ नगरकोटमा गएको पहिरोका कारण २२ वटा घर बिस्तापित हुने अवस्थामा पुगेका छन् । सोही वडास्थित बागेश्वरी गाउँका तीन र खालिङ गाउँका २ घर पनि पहिरोकै कारण विस्थापित हुने अवस्थामा पुगेका छन् । चाँगुनारायण–६ नगरकोटका स्थानीय सोम बजगाईले पहिरोका कारण गाउँ नै जोखिममा परेको बताए ।

बस्तीहरू जलमग्न, खाद्यान्न र लत्ताकपडा भिजेर बिजोग
बुधबार रातिदेखि भीषण वर्षा भएपछि हनुमन्ते खोलो उर्लियो । उचित निकास नभएपछि पानी खोलाको घर नाघेर बस्तीमा छि¥यो । मध्यपुर ठिमी र सूर्यविनायक नगरपालिकाका सयौँ घर डुबानमा परे । हनुमन्ते खोला करिडोरमा बस्तीहरू पर्ने कौशलटारको रेडक्रस मार्ग, बालकोट जाने चार दोबाटो पुल, नयाँ ठिमी, शंखधर शाख्वा चोक, बुढाथोकी गाउँ, राधेराधे क्षेत्र, भाटभटेनी सुपर मार्केटको पहिलो तल्ला र अरनिको हाइवे जलमग्न भयो ।

हुनुमन्तेले निर्माणाधीन पुल नै बगायो
बाढीले हनुमन्ते खोलामा बन्दै गरेको एउटा फलामे पुलसमेत बगाएको छ । सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतका अनुसार खोला किनारमा रहेका कुखुरा, गाई, बंगुर फारम तथा कपडा पेल्ने र प्लास्टिक प्रशोधन गर्ने कारखानामा ठूलो क्षति पुगेको छ ।

खोला किनारका ब्लक कारखाना र अन्य उद्योगमा काम गर्ने मजदुर विस्थापित भएका छन् । ‘तत्काल त्यहाँ बस्न सक्ने अवस्था छैन, अर्को व्यवस्था नभएसम्मका लागि हामीले उनीहरूलाई खाने–बस्ने व्यवस्था गर्न नगरपालिकाका कर्मचारीलाई निर्देशन दिएका छौँ,’ उनले भनिन् । विस्थापितको यकिन संख्या भने शुक्रबार मात्रै बताउन सक्ने उनले बताइन् । हनुमन्ते करिडोरका सबै घर, पसर, खाद्यान्न गोदाम र पसलहरू डुबेको मध्यपुर ठिमी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताए ।

२५ वर्षयताकै ठूलो बाढी
हनुमन्ते खोलामा २५ वर्षयताकै ठूलो बाढी आएको मध्यपुर ठिमी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताए । ०५० मा हनुमन्ते खोलामा बिहीबार बिहानको जत्तिकै बाढी आएको उनले बताए ।

मान्छेले खोलो मिचे, खोलोले मान्छेलाई मिच्यो
खोलाको बहाव परिवर्तन गर्नु, खोला नै मिचेर भौतिक संरचना ठड्याइनुजस्ता मानवीय त्रुटि हनुमन्तेमा भएको जानकारहरू बताउँछन् । खोलाको घर साँघु-याएपछि पानीको बहाव थेग्न नसकेको र नाघेर बस्तीतिर छिरेको ज्ञवाली बताउँछन् । ‘बाँध बनाएर मात्र रोक्न सक्ने बाढी थिएन,’ उनले भने, ‘आजको बाढी माथिबाटै नदी ओभरफ्लो भएर बस्तीमा पसेको थियो ।’ हनुमन्ते खोला नगरकोटदेखि बग्ने र बिहीबार डुबेको खोला करिडोरलाई लो–ल्यान्डका रूपमा वर्गीकरण गरेर नगरपालिकाले घर बनाउन नक्सा नै पास नगर्ने गरेको उनको दाबी छ । तर, नक्सा पासविनै पनि गैरकानुनी रूपमा घरहरू बनाइएको ज्ञवाली बताउँछन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस