काठमाडौँ । युएईमा जारी रहेको विश्वकप लिग–२ मा नेपाली टिमले शुक्रबार पपुवा न्युगिनी (पिएनजी) सँग तेस्रो खेल खेल्दै छ। त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा पिएनजीलाई हराएको नेपाल दोस्रो खेलमा युएईसँग पराजित भएको थियो।
नेपाल र पिएनजीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार आज बिहान ११:४५ मा सुरु हुँदैछ। जारी विश्वकप लिग–२ का खेलमा नेपाल अहिलेसम्म पिएनजीसँग हारेको छैन। त्यसैले आज हुने खेलमा पनि नेपाल आफ्नो सोही लयलाई कायम राख्न चाहन्छ।
२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो। नेपाल लिग अंक तालिकामा ३० खेलमा १३ मा जित र १५ हारसहित २८ अंकका साथ छैटौँ स्थानमा छ। पिएनजी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ फागुन २०७९, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप लिग–२ : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा
विश्वकप लिग–२ : आज नेपाल र ओमान खेल्ने