काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपाले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिने भएको छ । नेसपाको बैठकले आगामी फागुन २५ गते हुने चुनावमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो ।
बैठकले राष्ट्रपति चुनावका सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय पनि गरेको नेसपाका एक नेताले बताए ।नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर गत निर्वाचन लडेको नेसपाका संघीय संसदमा २ र प्रदेश सभामा २ जना सांसद छन् । राष्ट्रपति चुनावमा नेसपाको मतभार २५४ छ ।
२५ गते हुने राष्ट्रपतिको चुनावमा लागि नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई र नेकपा एमालेले सुवासचन्द्र नेम्बाङलाई उम्मेदवार उठाउने निर्णय गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ फागुन २०७९, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल समाजवादी पार्टीको महाधिवेशन आज सकिँदै
सुरु भयो नेसपा (नयाँ शक्ति) को महाधिवेशन
नेपाल समाजवादी पार्टीको प्रथम अधिवेशन पोखरामा सुरु
पुराना राजनीतिक दलको घेराबन्दीका कारण नयाँ शक्तिले काम गर्न सकेन : नेसपा
नेसपाले श्रमिक दिवसको अवसरमा विभिन्न अभियानको घोषणा गर्ने
राजनीतिक मुद्दा मिल्ने शक्तिसँग सहकार्य गर्ने नेसपाको निर्णय