काठमाडौं। मन्त्रिपरिषदको बैठकले शनिबारबाहेक सार्वजनिक बिदाका दिन पनि अत्यावश्यक सरकारी कार्यालय खोल्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले छलफलपश्चात् उक्त निर्णय गरेको हो । बैठकमा सार्वजनिक बिदा धेरै भएको र सार्वजनिक बिदाका विषयमा अनेकन् आलोचना भइरहेकालाई त्यसलाई मध्यनजर गर्दै शनिबारबाहेकका बिदाका दिन पनि महतवपूर्ण सरकारी कार्यालय खोल्ने विषयमा छलफल भएको थियो ।
यससँगै शनिवारबाहेकका बिदाका दिन पनि अब जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालयलगायत अत्यावश्यक कार्यालय खुला हुने भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ फागुन २०७९, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरवारमा मन्त्रिपरिषदको बैठक सुरू
मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक