काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताएका छन ।बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताए ।
उनले देशको प्रधानमन्त्री भएर कार्यकारी अधिकार प्रयोग गरिसकेका व्यक्तिहरुलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सार्नु उचित नहुने बताए । उनले पूर्वप्रधानमन्त्रीलाई राष्ट्रपति बन्ने आकांक्षा नराख्न पनि अनुरोध गरे। महामन्त्री शर्माले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने धारणा राखे ।
महामन्त्री शर्माले प्रधानमन्त्री पदलाई सुनको बालासँग तुलना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई सुनको बाला देखाएको बताए । ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल र महन्थ ठाकुरलाई प्रधानमन्त्रीको पद देखाएर अल्मल्याउन खोजेको उनले बताए । राष्ट्रपति निर्वाचनको सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल एकठाउँमा आउनुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० फागुन २०७९, २० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : महामन्त्री शर्मा
पार्टीको महाधिवेशन ०८४ अगाडि नै हुन्छः महामन्त्री शर्मा
पार्टीको महाधिवेशन ०८४ अगाडि नै हुन्छः महामन्त्री शर्मा
समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा
मानव अधिकार संरक्षणको हक कागजमा मात्र सीमित भयो : महामन्त्री शर्मा
अब काँग्रेसले गठबन्धन गर्दैन : महामन्त्री शर्मा