काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गरेका छन्।
कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा आज दिउँसो भएको भेटमा अध्यक्ष नेपालले राजदूत सङलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिए। उनीहरूबीच नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्ष, दुई देशबीचको दौत्य सम्बन्धका साथै एकापसमा पारस्परिक सहयोग, विकासबारे छलफल भएको अध्यक्ष नेपालको निजी सचिवालयले जनाएको छ ।
राजदूत सङले नेपालमा राजदूतका रूपमा आउन पाएकामा खुसी व्यक्त गर्दै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० फागुन २०७९, १९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली सरकार साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दैछ : माधव नेपाल
केपी ओली मुलुक सञ्चालनमा गम्भीर हुनुहुन्न : माधव नेपाल
प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा देशलाई लैजान हुँदैन : माधव नेपाल
कम्युनिष्ट भनिएकाहरूले मुलुक चलाए पनि जनता सन्तुष्ट छैनन् : माधव नेपाल
प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबिच छलफल
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, पार्टी एकताको विषयमा छलफल