काठमाडौँ । नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनले सत्तारूढ दलभित्रको विवादलाई सूक्ष्म रूपमा नियालिरहेको टिप्पणी गरेको छ।
शनिबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको विपक्षी दलको बैठकले गठबन्धनभित्र गृह मन्त्रालयका विषयमा भएको विवादलाई आफूहरूले सूक्ष्म रूपमा हेरिरहेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।
‘सरकारमा रहेका दलहरूबीच सैद्धान्तिक, वैचारिक विषयमा व्यापक विवाद उत्पन्न भएको छ। संघीय संसदमा पनि कुरा उठेको छ। गृहमन्त्रीको विवादको कुरा आएको छ। यी विषयमा अत्यन्त सुक्ष्म ढंगले हामीले हेरिरहेका छौं,’ उनले भने।
सर्वोच्च अदालतले रवि लामिछानेलाई नागरिकता मुद्दामा दोषी ठह¥याएसँगै उनको गृहमन्त्री पद र सांसद पद खारेज भएको थियो। त्यसपछि गृहको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राखेका छन्। यद्यपि, रास्वपाले रवि लामिछानेले नै पुनः गृह मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने अडान राख्दै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ माघ २०७९, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह
एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने
आवश्यक परे अध्यादेश ल्याउन सकिन्छ, तर अहिले तयारी छैन : प्रधानमन्त्री ओली
काँग्रेस सदनलाई बन्धक बनाएर गठबन्धन भत्काउने चलखेलमा छ : एमाले
वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति लागि परे : केपी ओली
गठबन्धन कार्यदलको बैठक बालुवाटारमा