काठमाडौं । रुस विश्वकप २०१८ को सेमिफाइनल समिकरण पुरा भएको छ । अन्तिम ४ मा युरोपका मात्र चारवटा राष्ट्रहरु पुगेका छन् – फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया ।
समूह ‘सी’ को विजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको फ्रान्सले अर्जेन्टिना र उरुग्वेलाई हराउंदै सेमिफाइनलमा स्थान बनाएको छ ।
उसले क्वाटरफाइनलमा दाबेदार ब्राजिललाई पराजित गरेको बेल्जियमको सामना गर्ने छ ।
बेल्जियम समूह ‘जी’ को विजेता रहेको थियो र क्वाटरफाइनलमा जापानलाई ३-२ को रोमाञ्चक खेलमा पराजित गरेको थियो ।
त्यस्तै बेल्जियम नै रहेको समूह ‘जी’ को उपविजेता इंग्ल्यान्ड कोलम्बिया र स्विडेनलाई पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको हो ।
गए राति आयोजक रुसलाई पेनाल्टीमा पराजित गरेको क्रोएसियासंग इंग्ल्यान्ड सेमिफाइनलमा भिड्ने छ ।
समूह ‘डी’ को विजेता क्रोएसियाले प्रि-क्वाटरफाइनलमा डेनमार्कलाई पेनाल्टीमै हराएको थियो ।
प्रतिक्रिया दिनुहोस