काठमाडौँ । मुस्लिम आयोगले मुस्लिमलाई पुनः मधेसीकै सूचीमा राखेर सिफारिस गरिदिन मधेशी आयोगसमक्ष अनुरोध गरेको छ । मुस्लिम आयोगले मधेसी आयोगलाई एक पत्र पठाउँदै यस्तो आग्रह गरेको छ । यसअघि आयोगले सिफारिसकै आधारमा मुस्लिमलाई मधेसीको सूचीबाट हटाएको थियो ।
मधेसी आयोग द्वारा प्रकाशित ‘मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८’ मा १४९ जात सहित थारु र मुस्लिम लाई पनि मधेशीको रुपमा सूचीकृत गरिएको थियो । प्रतिवेदन राष्ट्रपति समक्ष पेश भएपछि मुस्लिम र थारु आयोगका पदाधिकारीहरु सहित सो समुदायका विभिन्न संघसंगठनहरुले मधेसी आयोगको सो निर्णयप्रति विरोध गरेका थिए । त्यसपछि आयोगले मङ्सिर २० गते बैठक बसी थारु र मुस्लिम लाई मधेशीको सूची बाट हटाएको थियो ।
मधेसीको सूचीबाट मुस्लिमलाई हटाएपछि अहिले लोकसेवा लगयात विभिन्न निकायहरुमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई सम्बन्धित निकायबाट मधेसीको सिफारिस पाउन अवरोध देखिएको कुरा मुस्लिम आयोगको पत्रमा उल्लेख छ ।
मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आयोगले सुरुवातमा सबैलाई समेटेर नै आयोग अगाडि बढ्न खोज्दा सोही समुदाय र सम्बन्धित समुदायका आयोगका पदाधिकारीबाट व्यापक विरोध भएपछि सूचीबाट हटाएको बताए । यससँगै आयोग आन्तरिक छलफलमा रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ माघ २०७९, १२ : २३
लेखकबाट थप